वीरगञ्जको छपकैयामा कांग्रेसको धमाकेदार घरदैलो अभियान
– इरफान अली
वीरगञ्ज । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार मोहम्मद सहाबुदिनले चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तीब्रता दिएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका मोहम्मद सहाबुदिनले वडा सदस्यहरूलाई साथमा लिएर प्रचार प्रसार थालेका हुन् ।
उता, वडा सदस्य नाजिर हुसेनको नेतृत्वमा छपकैया प्रगतिनगरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । स्थानीयले रुख चिन्हमा छाप लगाउने भनेर उम्मेदवार समक्ष प्रतिवद्धता जनाएको कांग्रेस प्रचार प्रसार समिति पर्साले जनाएको छ ।
चुनावी कार्यक्रमहरूमा नेपाली कांग्रेस बुथ सभापति शेख नेजामुदिन, सदस्य पवन सर्राफ, राकेश कर्ण, नागेन्द्र कर्ण, मो. शोहेल, मो. नासिर, आबिद हुसेन लगायतका नेता तथा कार्यकताहरूले स्थानीयसंग कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत