वीरगञ्जको छपकैयामा कांग्रेसको धमाकेदार घरदैलो अभियान

– इरफान अली
वीरगञ्ज । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार मोहम्मद सहाबुदिनले चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तीब्रता दिएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका मोहम्मद सहाबुदिनले वडा सदस्यहरूलाई साथमा लिएर प्रचार प्रसार थालेका हुन् ।
उता, वडा सदस्य नाजिर हुसेनको नेतृत्वमा छपकैया प्रगतिनगरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । स्थानीयले रुख चिन्हमा छाप लगाउने भनेर उम्मेदवार समक्ष प्रतिवद्धता जनाएको कांग्रेस प्रचार प्रसार समिति पर्साले जनाएको छ ।
चुनावी कार्यक्रमहरूमा नेपाली कांग्रेस बुथ सभापति शेख नेजामुदिन, सदस्य पवन सर्राफ, राकेश कर्ण, नागेन्द्र कर्ण, मो. शोहेल, मो. नासिर, आबिद हुसेन लगायतका नेता तथा कार्यकताहरूले स्थानीयसंग कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत