शीर्षस्थानमा कांग्रेस, तराईमा एमालेको पत्तासाफ !

काठमाडौं । २ नं. प्रदेशको पछिल्लो मत परिणामले विपक्षी दल पार्टी एमाले नराम्रोसँग पराजित हुने अवस्थामा पुगेको छ । मतगणनाका क्रममा नेपाली कांग्रेस एमालेभन्दा झण्डै दोब्बर स्थानमा भारी मतले अग्रता लिइरहेको छ ।

अग्रताका हिसावले पाँच स्थानमा रहेको एमालेभन्दा संघीय समाजवादी पार्टी, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले धेरै अगाडि छन् ।

एमालेलाई पाँचौँ स्थानमा पनि बसिरहन हम्मेहम्मे परेको छ । एमालेलाई पूर्वपश्चिम महेन्द्र राजमार्गका स्थानमा मात्रै मतदाताले भोट दिएको प्रारम्भीक नतिजाले देखाएको छ ।

कथित राष्ट्रवादीको नारा लगाएर पहाडी जिल्लाहरूमा राम्रो मत पाएको एमालेले २ नं. प्रदेशमा भने हार व्यहोर्नु पर्ने अवस्थामा छ ।

तराईमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई होच्याउने, भारतीय नागरिक देख्ने, कालो वर्णका नागरिक भन्ने, आन्दोलनमा मरेका आन्दोलनकारीलाई आँप झरेको जस्ता शब्दावली प्रयोग गरेकै कारण तराई मधेसका जनताले यस पटक एमालेसँग बदला लिएका हुन् ।

आठ जिल्लामा भएको तेस्रो चरणको निर्वाचनमा एमालेलाई बिरासत जोगाउन संकटपूर्ण अवस्थाबाट गुज्रीरहेको छ ।

Published : Thursday, 2017 September 21, 2:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया