राणा समूहले संसदमा दियो झट्का, कमल थापा चकित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सांसदहरू व्यवस्थापिका संसदको सत्तापक्षको बेञ्चमा बसेका छन् ।
संसदको सोमबारको बैठकमा राप्रपा (प्रजातान्त्रिक)का १८ जना सांसदहरू सत्तापक्षको बेञ्चमा बसेको प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । ‘आजदेखि हाम्रा १८ जना सांसदहरू सत्तापक्षको सिटमा बस्नु भएको छ’, उहाँले भन्नुभयो ।
राप्रपासँग विभाजन भएपछि राप्रपा (प्रजातान्त्रिक)लाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको छ । आयोगको निर्णय र राप्रपा (प्रजातान्त्रिक)को माग बमोजिम १८ जना सांसदहरू सबै सोमबारको बैठकमा उपस्थित भएर सत्तापक्षको बेञ्चमा बसेका थिए ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अब १९ जना सांसदहरू मात्रै रहेका छन् । तत्कालीन पार्टी राप्रपा नेपालका सात जना सांसदहरूलाई अध्यक्ष थापालाई परित्याग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत