सभापति देउवा र प्रधानमन्त्री दाहालबीच फोनमा वार्ता, सरकारको प्रस्तावमा कांग्रेस सकारात्मक

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको करोडौं रकम अपचलन र ठगी अभियोग लागेका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् ।
बिहीबार प्रधानमन्त्री दहालले सभापति देउवालाई टेलिफोनमार्फत संसदमा लामिछानेलाई बोल्न दिन आग्रह गरेका हुन् । लामिछानेलाई संसदमा बोल्न दिए संसदीय छानविन समिति बनाउने दाहालले देउवासँग आग्रह गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री दाहालको प्रस्तावलाई सकारात्मक रुपमा लिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । ‘रवि लामिछानेलाई संसद्मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं’, लेखकले भने ।
कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया