सभापति देउवाद्वारा स्थानीय तह उपनिर्वाचन संयाेजन समिति गठन, संयाेजकमा शर्मा

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन ०८१ केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
बुधबार कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार सभापति
देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) बमोजिम पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा “स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति” गठन गरेका हुन् ।
समितिको सदस्यमा मनोनयन हुनेहरूमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार, प्रवक्ता डा। प्रकाशशरण महत रहेका छन् ।
केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया