पुरानो मोटरसाइकलसँग रोयल इनफिल्ड साट्न पाइने

काठमाडौं । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले एक्सचेञ्ज मेला आयोजना गर्न लागेको छ ।

भदौ १० देखि १५ गतेसम्म एक्सचेञ्ज मेला आयोजन गर्ने लागेको अल्फाले जनाएको छ । ग्राहकहरूलाई स्पट एक्सचेञ्ज, बेस्ट भ्यालूएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

सुविधाले ग्राहकलाई पुरानो दुई पाङ्ग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसी मोडेल उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।

Published : Thursday, 2023 August 24, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया