टेलिकमद्वारा दशैँ, तिहारका लागि अफरहरू प्रदान
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ ।
सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आइतबार (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।
५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरूमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।
यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ ।
एफटीटीएच नयाँ जडानमा जडान शूल्क रू. ५०० मिनाहा समेत गरिएको छ ।
यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।
साथै रू. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रू. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।
यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ । आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरू खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीले लाभ लिने विश्वास नेपाल टेलिकमले लिएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया