समस्यामा रहेका निर्माण व्यवसायीहरूको माग पूरा गर्न महासंघको दवाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गरेर महासंघले निर्माण व्यवसायीहरूको जायज माग सुनुवाइ नभए मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या आउने जनाएको छ ।
‘महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्वारा विभिन्न माग राखेर भइरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘कूल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ’, महासंघले भनेको छ ।
निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको महासंघले जनाएको छ । सरकार संवेदनशील हुनु जरुरी रहेको महासंघले जनाएको छ ।
विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पुँजीगत खर्च हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । जनताले समेत विकासको सुविधा पाउन नसकेको महासंघले जनाएको छ ।
निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्रमन्दीमा गएको भन्दै त्यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामग्री उत्पादक र सरकारको राजश्वमा समेत गम्भीर असर परेको महासंघले जनाएको छ ।
गत आर्थिक वर्षमा राजस्व १३ प्रतिशतले घट्नुका साथै उद्योगहरू करिब ३० देखि ३५ प्रतिशतको क्षमतामा चल्न बाध्य भएको महासंघले जनाएको छ ।
आयोजना सम्पन्न हुँदा समेत सरकारले भुक्तानी नदिएपछि समस्यामा परेका निर्माण व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन् । निर्माण व्यवसायीहरूका मागप्रति सरकारले गम्भीर भएर चासो दिएको छैन ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया