बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर छिट्टै घट्छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको बताए । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्याजदर घटेर आउने बताए ।
अर्थमन्त्री डा.महतले कोभिड लगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरूलाई बैंकको ब्याजदर घटेपछि ठूलो राहत हुने बताएका छन् ।
‘यो अहिलेको जुन ब्याजदर छ । त्यो जाँदा छ’, डा.महतले भने, ‘त्यस कारण त्यस कारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु ।’
उनले भने, ‘सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठुलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’
अर्थमन्त्री डा.महतले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरूको खपतमा जोड दिन उपभोक्तालाई आग्रह गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहेको छ । अर्थमन्त्री डा.महतले व्याज घटाउने कुरा गरेपछि ऋणिलाई राहत मिल्नेछ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया