कार्गो रेलबाट वीरगञ्जमा आयो ३६ लाख किलो कोइला

काठमाडौं । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेल वेको रेल वीरगञ्ज आएको छ ।

पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । शनिबार राति १० बजे वीरगञ्ज सुख्खा बन्दरगाहस्थित यार्डमा कार्गो रेल आइपुगेको हो ।

लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला नेपाल आइपुगेको छ । नेपाली भन्सारको यार्डमा कोइला आइपुगेपछि नेपालका व्यवसायी कोइला चोरी हुने समस्याबाट मुक्त हुनेछन् ।

कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ । शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको छ ।

अघि रक्सौलसम्म मात्रै आइपुग्ने डस्की कार्गो रेल नेपाल छिर्दा व्यवसायीहरूले ठूलो राहत महसुस गरेको कोइला आयातकर्ता व्यवसायी फूलकुमार लालवानीले बताएका छन् ।

Published : Sunday, 2023 July 2, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया