निकम्मा नेतृत्वका कारण डुब्न लाग्याे हेटौँडा सिमेन्ट, सरकालाई ठूलो घाटा

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ ।

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको उद्योगको नेतृत्वले गतिलो काम गर्न नसक्दा संकटमा परेको हो ।

आर्थिक वर्ष २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । उद्योग हालसम्म ९० करोडको घाटामा चलिरहेको छ ।

२०७४/७५ मा उद्योगले १ लाख ९ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा १ लाख ६ हजार ३ सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो । १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९ सय १७ आम्दानी गरेका थियो ।

एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ नाफा कमाएको थियो । उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

२०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो ।

एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो ।

२०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो ।

एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा एक अर्व २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

२०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो ।

२०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो ।

एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई २३ करोड ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो ।

२०७९/८० मा एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो ।

उद्योगलाई ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक बसन्तकुमार पाण्डे छन् ।

अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको । उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ ।

उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण छ । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् । दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।

Published : Wednesday, 2023 June 21, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया