नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा विशेष छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ ।

बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएको हुन् ।

सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (करबाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरूमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

Published : Wednesday, 2023 June 21, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया