जहाजको टिकटको मूल्य घट्यो

काठमाडौं । पेट्रोलिमय पदार्थको मूल्य घटेपछि सरकारले हवाइतर्फको भाडा घटाएको छ ।
नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँ घटाएको छ । निगमले नयाँ मूल्य एक सय ५० रुपियाँ प्रतिलिटर कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपियाँप्रति लिटर) ले घटेको छ ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपियाँले सस्तो भएको छ ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।
Published : Tuesday, 2023 June 20, 11:41 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया