ट्वीटरका प्रयोगकर्ताले रकम पाउने

न्युयोर्क । विश्वभरि क्रेज घटेका बेला ट्वीटरका प्रयोगकर्तालाई रकम दिने नयाँ योजना सार्वजनिक भएको छ ।

शुक्रबार ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरका भेरिफाइड कन्टेन्ट क्रियटर्सलाई रकम दिने घोषणा गरेका हुन् ।

उनीहरूको रिप्लाइ आउने विज्ञापनका लागि निश्चित रकम प्रदान गरिनेछ ।

पहिलो चरणमा ५० लाख अमेरिकन डलर अर्थात् करिब ६५ करोड रुपियाँ वितरण गरिनेछ ।

मस्कले आफ्नो ट्वीटमा भनेका छन्, ‘आगामी केही हप्ताभित्रैमा सर्जकहरूलाई उनीहरूको ट्वीटर प्लाटर्फमको रिप्लाइमा देखिने विज्ञापनवापतको रकम चुक्ता गरिनेछ । पहिलो किस्ताको भुक्तानी कुल ५० लाख डलरको हुनेछ ।’

मस्कले भेरिफाइड अकाउन्टवाला सर्जकले मात्रै तथा भेरिफाइड प्रयोगकर्ताका अकाउन्टमा हुने विज्ञापनका लागि मात्रै पैसा दिइने बताएका छन् ।

अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरेसँगै ट्वीटरमा विज्ञापनदाताहरूलाई टिकाउन मुस्किल परेका बेला ट्वीटर प्रयोगकर्तालाई रकम दिने योजना ल्याइएको छ । ट्वीटरले हजारौं कर्मचारी कटौती गरेको छ ।

Published : Sunday, 2023 June 11, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया