ट्वीटरका सीईओले राजीनामा दिने

न्युयोर्क । ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले राजीनामा दिने घोषणा गरेका छन् ।

मस्कले ट्वीटमार्फत सकेसम्म छिटो पद छाड्ने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठीक होला कि, नहुँदा ठीक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका छन् ।

मस्कलाई भोटिङमा ५७.५ प्रतिशतले सीईओ पदबाट अलग हुनुपर्छ भनेर मत दिएका छने ।

सीईओ पद छाड्नु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको छ ।

अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका छन् ।

‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु’, मस्कले भनेका छन्, ‘म केबल सफ्टवेयर र सर्भर चलाउनेछु ।’

मस्क विश्वका अर्बपतिमा पर्छन् । उनले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।

हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका बेला आलोचना भएको थियो ।

ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।

Published : Wednesday, 2022 December 21, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया