कांग्रेस निकट कानून व्यवसायीको साथ कसलाई ?

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल डेमोक्रोटिक्स लयर्स एसोसिएसन (डिएलए) नेपालले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाऊ गरेको छ ।

डिएलएले न्यायालय तथा प्रधानन्यायाधीश पराजुलीको छानबिन र राजीनामाको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिएलएले प्रधानन्यायाधीशका शैक्षिक प्रमाणपत्र, नागरिकता तथा डा. शशि शर्माको डीन नियुक्ति सम्बन्धि मुद्दाको फाइल झिकाउने आदेशको आधारमा प्रधानन्यायाधीश छानबिनको घेरामा परेको भनी भ्रमपूर्ण सन्देश प्रवाह भएको भन्दै आपत्ति जनाएको हो ।

डिएलएले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा अवहेलना मुद्दामा केवल प्रमाण अवलोकनका लागि बुझ्न खोजिएको कार्यलाई छानबिन हुन लागेको भन्ने सन्देश संप्रेषण गर्नु अतिरन्जना र भ्रमपूर्ण भएको उल्लेख गरिएको छ ।

‘संवैधानिक परिषद, न्यायपरिषद तथा संसदीय सुनुवाइ समितिबाट टुङ्गो लागि सकेको विषय कसैको आत्मातुष्टी र राजनीतिक दाउपेचको विषय बन्नु हुदैन’, डिएलएको विज्ञप्तिमा भनिएको छ ।

डा. गोविन्द केसीलाई न्यायिक अनियमितता र न्यायिक प्रक्रियाका विषय कानुनी प्रक्रियाबाटै समाधान गर्ने वातावरण बनाइदिन समेत डिएलएले आग्रह गरेको छ ।

डा. केसीले उठाएका विषय मध्ये न्यायालयमा अनियमितता र भष्टाचार हुनुहुदैन भन्ने विषयमा भने डिएलएको समान धारणा रहेको बताएको छ ।

Published : Friday, 2018 January 12, 8:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया