यी दुई मोस्ट वान्टेड सांसद कहाँ छन् ? आईजीपी अर्यालको निन्दा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका तत्कालीन डिआईजी एवम् नेकपा (एमाले)का सांसद नवराज सिलवाल र राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी राज्य र प्रहरीको आँखा छलेर लुकेर बसेका छन् ।

सिलवालले सिङ्गो नेपाल प्रहरी र सरकारलाई धोका दिएको अभियोग लागेको छ भने चौधरीलाई टीकापुर घटनामा हत्या गरेको अभियोग छ । दुबैलाई अदालत र प्रहरीले खोजी गरेका छन् ।

यी दुबै गम्भीर प्रकृतिको अपराध गरेको अभियोग लागेका सिलवाल र चौधरीलाई पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका आईजीप प्रकाश अर्यालको आलोचना भएको छ । प्रकाश अर्याल मात्रै होइन महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्द र काठमाडौं प्रहरी प्रमुख रविन्द धानुकको ठूलो आलोचना सुरु भएको छ ।

नेपाल प्रहरीको आईजीप हुनका लागि अत्यन्तै गोप्य रहने कार्यसम्पादन मूल्यांकको अंक बढाएर आफू आईजीपी हुनुपर्ने माग दाबी गर्दै सर्वोच्च अदालतमा सिलवालले बुझाएको विवरणहरू नक्कली भएको पाइएपछि सो विषयमा अनुसन्धान गरेर सिलवाललाई कारबाही गर्न आदेश दिइसकेको छ ।

प्रहरीले सिलवाललाई पक्राउ गरेर कीर्ते काण्डमा अनुसन्धान गर्ने तयारी गरिरहेका बेला सिलवाल भने एकाएक फरार भएका छन् । मिडियामा अन्तर्वार्ता दिएर सम्पर्कमा रहेका सिलवाल कहाँ छन् भन्ने अत्तोपत्तो छैन । सिलावलले आफू मलेसियाको क्वालालम्पुरमा रहेको बताएका थिए ।

तर, सिलवाल मलेसियलाको क्वालालम्पुर प्रस्थान गरेको रेकर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छैन । स्रोतका अनुसार सिलवाल भारत, इन्डोनेसिया हुँदै अमेरिका प्रस्थान गरेका छन् ।

प्रहरीले पक्राउ गर्ने पुर्जी जारी गर्नुभन्दा एकदिन पहिला सिलवाल राजधानीबाट फरार भएको स्रोतको भनाइ छ ।

सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आइसकेको छ । एक सातासम्म सिलवाललाई उनको ठेगनामा खोज्दा नभेटिएको भन्दै ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जवाफ दिएको छ ।

अन्यत्नै कठिन अपराधको अनुसन्धान गर्न सफल नेपाल प्रहरीले लुकेर बसेका सिलवाललाई किन भेट्न सकेन भनेर प्रश्न उब्जिएको छ । काठमाडौं प्रहरी परिसरबाट सूचना चुहाएका कारण सिलवाल फरार हुन सफल भएको स्रोतले जनाएको छ ।

ललितपुर गोदावारी स्थायी ठेगाना भएका सिलवाल केही दिनदेखि घरमा छैनन् । ललितपुर परिसरका डिएसपी नरेन्द्र चन्दले सिलवाल फेला नपरेको भन्दै काठमाडौं प्रहरीलाई जानकारी गराएको बताए । उनले भने, ‘हामीले पाएको ठेगानामा उहाँ फेला पर्नुभएन । त्यसैको जानकारी पठाएका हौं ।’

सर्बोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवाल माथि सोधपुछ र बयान लिनुपर्ने भन्दै गत १८ गते पत्र काटेको थियो। सिलवाल घरमा तथा सम्पर्कमा नरहेको भन्दै पत्र थमाउन नसकेको हो ।

प्रहरीको खोजीमा रहेका सिलवाल भने आफू पूर्वनिर्धारित कार्यक्रममको लागि मलेसिया आएको दावी गर्दै आएका छन् ।

एमालेबाट सांसद बनेका सिलवालले मात्र होइन एमालेको ललितपुर प्रचार विभागले पनि उनी मलेसिया कार्यक्रमको लागि पुगेको जनाएको छ । त्रिभुवन विमानस्थल अध्यागमन विभागको रेकर्डमा भने सिलवाल विमानस्थलबाट बाहिर गएको कहीँ कतै देखिँदैन । त्रिभुवन अध्यागमन स्रोतले भन्यो, ‘हामीले सबै रेकर्ड हे¥यौँ, उहाँले विमानस्थल प्रयोग गरेको देखिएन ।’

पूर्व डिआइजी सिलवाल पुस गत १७ गते एयर एसियाको विमान मार्फत मलेसिया पुगेको जानकारी गराएका थिए । एयर एसियाले कुनै पनि विमान पुस १७ गते मलेसियाको उडान नभरेको जनाएको छ । कम्पनीले केही समयदेखि सोमवार, बुधवार र शनिवार उडान नगर्ने जनाएको छ ।

अर्का सांसद रेशम चौधरी पनि भारतमा लुकेर बसेका छन् । चौधरीलाई नाबालकसहित प्रहरी अधिकारीहरूको हत्या अभियोग लागेको छ । अदालतमा अनुपस्थित रहेका चौधरी फेसबुकमा सन्देश दिएर राज्यलाई गाली गर्दै लुकेर बसेका छन् ।

कीर्ते काण्डमा कारबाही गर्नुभन्दा भन्दै पनि सिलवालले निर्वाचन कार्यालयबाट सांसदमा निर्वाचित प्रमाणपत्र पाएका छन् । तर, चौधरीलाई त्यो प्रमाणपत्र दिइएको छैन । दुबैलाई लागेको अपराधको प्रकृति अलग अलग भए पनि कानूनले सबैलाई बराबरी देख्नु पर्ने हो । तर, सिलवाल र चौधरीलाई कानूनले पनि पहुँचका आधारमा विभेद गरेको आरोप छ ।

Published : Thursday, 2018 January 11, 8:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया