डा.केसीले विधिको शासन मान्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै नेपालीले संविधान, विधिको शासन र कानूनको सम्मान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको पार्टी मुख्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले डा.गोविन्द केसी प्रकरणबारेमा सोधिएको प्रश्नको जवाफमा संवैधानिक सर्वोच्चताको पक्षमा कांग्रेस रहेको बताए । ‘सबैले संविधान, कानून, विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्छ’, उनले भने, ‘आवेगमा होइन विवेकले निर्याय गर्नुपर्छ ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक छिटो बलाउन केन्द्रीय सदस्यहरूले दिइरहेको दवावका बारेमा पार्टी सभापति शेरबहादुर देउवा जानकार रहेको प्रवक्ता शर्माले बताए ।

‘निर्वाचनमा पार्टीको हारका विषयमा समीक्षा गर्न बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकका बारेमा पार्टी सभापति शेरबहादुर देउवा चिन्तित हुनुहुन्छ’, उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन सकेर नयाँ सरकारलाई सत्ता हस्तान्तर गर्नुपर्ने राष्ट्रिय कार्यभार रहेकाले पार्टीको बैठक बस्न नसकेको हो ।’

कांग्रेसको पार्टी प्रवक्तामा मंगलबार मात्रै नियुक्त भएका शर्माले पाहिलो पटक पत्रकार सम्मेलन राखेर धारणा सार्वजनिक गरेका हुन् । उनले कांग्रेसलाई नयाँ विचारका साथ अगाडि बढाइने बताए ।

‘सत्तरी वर्ष पुगेका नेताहरूले पार्टी छाड्नु पर्छ भन्ने कुरा होइन । सत्तरी वर्षको नेताले पनि नयाँ विचार ल्याउन सक्छ’, उनले भने, ‘युवा भन्दैमा राम्रो विचार दिनसकेन भने त्यसको कुनै अर्थ रहँदैन ।’

Published : Wednesday, 2018 January 10, 4:15 pm

1 प्रतिकृया प्राप्त “डा.केसीले विधिको शासन मान्नुपर्छः विश्वप्रकाश शर्मा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया