यी मधेसी बुद्धिजीवीको स्रोत बन्द भएपछि ओलीको भजन गाउँदै

काठमाडौं । मधेस र मधेसी जनताका नाममा पश्चिमा राष्ट्रहरूसँग मोटो रकम लिएर आफ्नो व्यक्तिगत जीवन सुधार गर्दै आएका तुलानारायण साहले आफ्ना भुतपूर्व अन्नदाताहरूलाई गाली गर्न थालेका छन् ।

कुनै बेला मधेस आन्दोलन चरम उत्कषपुगेका बेला तुलानारायण साहले मधेस आन्दोलन बिक्री गरेर करोडौँ रकम कुम्ल्याएका थिए । उनले मधेस र मधेसी जनताका नाममा कुम्ल्याएको रकमका बारेमा पत्रपत्रिका र अनलाइनहरूमा समाचार आएपछि आधा वर्ष लगाएर त्यसको खण्डन गरेका थिए । आफ्नी पत्नीको नाममा तुलानारायण साहले एनजिओ सञ्चालन गर्दै आएका छन् ।

‘मधेस मामिलाका ‘जोकर’ जानकार तुलानारायण साहलाई यूरोपियन यूनियन, भारतीय दूतावास र मधेसका नेताहरूले भाउ दिन छाडेपछि अचेल उनको मनस्थिति ठीक ठाउँमा छैन’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कामबिहीन बन्न पुगेका साहले मधेस केन्द्रित नेता र खासगरी उपेन्द्र यादवलाई निशाना बनाएर खेदो खन्दै समय कटाउन बाध्य छन् ।’

तुलानारायण साहका गलत र व्यक्तिवादी चरित्रका कारण युरोपियन युनियन, डिएफआईडी, भारतीय राजदूतावाससहितका नियोगले पैसा दिन छाडेका छन् । पैसा आउन छाडेपछि तुलानारायण साहले डेमोक्रेट नेताहरूलाई गाली गर्ने गरेका छन् । साहले कम्युनिष्ट नेताहरूप्रति नरम भाव राख्ने गरेका छन् । उनले प्रचण्डको पनि विरोध गरेर केपी ओलीको समर्थन गर्न थालेको आरोप छ ।

‘जयप्रकाश गुप्ताको ऋण तिर्नलाई तपाईले उपेन्द्र यादव जस्तो निष्ठावान राजनीतिज्ञको आलोचना गर्नुअघि आइन्दा विचार पु-याउनु हितकर हुनेछ’, चौरसियाले भनेका छन् ।

‘तपाईको फटाही र द्वेध चरित्रले गर्दा नै हो अन्नदातासहित बाँकी सबैले साथ छोडेर तपाई एक्लिनु भएको हो, र दिमागले काम गर्न छाडेको छ’, उनले चौरसियाले भनेका छन्, ‘तुलाजीलाई सुझाव छ, फटाही र जोकराई गर्नुभन्दा दिमागको उपचार गराउनुस् ।’

बेलायतको डिएफआईडी र युरोपियन युनियनसँग गलत मनसाय बोकेका आइएनजिओसँग साँठगाँठ रहेका तुलानारायण साहको बेलाबेला ठूलो विरोध हुँदै आएको छ । युरोपियन युनियन र भारतीय राजदूतावासले साहलाई प्रयोग गर्दै आएको बताइन्छ ।

Published : Tuesday, 2018 January 9, 10:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया