ओली प्रधानमन्त्री नबन्दासम्म सिलवाल लुकेर बस्ने, अमेरिका जाँदै

काठमाडौं । कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका नेपाल प्रहरीका पूर्वडिआईजी एवम् ललितपुर–१ का एमाले सांसद नवराज सिलवाल तत्काल स्वदेश नफर्कने भएका छन् ।

सिलवाल एक कार्यक्रममा सहभागी हुने बहाना बनाएर मलेसियाको क्वालालम्पुरमा लुकेर बसेका छन् । सिलवाल बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने उच्च स्रोतले जनाएको छ ।

कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब निश्चित छ । ओली प्रधानमन्त्री भएपछि नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल मलेसिया बस्ने दाबी गरिएको छ । स्रोतका अनुसार सिलवाल मलेसिया हुँदै केही दिनभित्र अमेरिका जाँदैछन् ।

लामो समय संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ । सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गरेर बुझाउन पक्राउ पुर्जी ललितपुर परिसरमा पठाएको छ ।

Published : Tuesday, 2018 January 9, 2:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया