मकवानपुरमा अफिम खेती नष्ट, चारजना चरेशसहित पक्राउ

हेटौँडा । मकवानपुर जिल्लाका विभिन्न स्थानमा लगाइएको ९० कठ्ठा अफिम खेती प्रहरीले नष्ट गरिदिएको छ ।
प्रहरीले २ सय ७७ कठ्ठामा लगाइएको गाँजा खेती पनि नष्ट गरेको छ । लागूऔषधको खेती गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नं.४ र बकैया गाउँपालिका वडा नं. ६ का बिभिन्न एरियामा लगाइएको २७७ कठ्ठाको अवैध गाँजा खेती नष्ट गरेको हो ।
प्रहरी टोलीले सोही स्थानमा लगाइएको ९० कठ्ठाको अफिम नि फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच, मकवानपुर जिल्लामा प्रहरीले ४ किलो चरेशसहित चारजनालाई पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका १९ दुधडेरी चोकबाट प्रहरीले अवैध लागू औषध चरेशसहित ४ जनालाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३२ वर्षीय दीपककुमार श्रीवास्तव, १८ वर्षीय छविलाल राम, हेटौडा उपमहानगरपालिका–१९ वस्ने ५४ वर्षीय रामबहादुर गोले र धादिङको गजुरी गाउँपालिका–८ वस्ने ४० वर्षीय तिलकबहादुर तामाङ रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत