प्रदेश राजधानी तोक्न दउवासँग महतोको आग्रह

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संघीयता विरोधी काम गरिरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोल देउवा सरकार संविधान विपरितको बाटोमा हिँडेको बताए । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा संघीयता मास्ने काममा लाग्नु भएको छ । प्रदेशको अस्थायी राजधानी तोक्नुपर्छ । प्रदेशमा नै विधायकहरूले सपथ लिने व्यवस्था मिलाउनुपर्छ ।’

राजपा नेपालका नेता महतोले वर्तमान सरकारले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्न नसके त्यसलाई जनताले निकम्मा सरकारको संज्ञा दिने बताए ।

उनले भने, ‘संविधानको मर्म, संघीयताको भावना विपरित प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख नतोकेर देउवा अगाडि बड्दैछन् । प्रदेशसभाका सांसदको बैठक राजधानीमा बोलाउनुपछि संघीय संरचनाको विरुद्ध हो ।’

उनले मधेसका नागरिकप्रति चिसोका समयमा पनि सरकारले कुनै चासो नदिएको बताए । महतोले मधेसका जनताका लागि चिसोबाट बच्ने उपाय निकाल्न सरकारलाई दवाव दिने पनि बताए ।

Published : Monday, 2018 January 8, 10:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया