‘धुर्मुस–सुन्तली’ पाउण्डेसनले भ्रष्टाचार गरेकै हो ?

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भएको बताए । उनले भने, ‘धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको छ । एक पैसा पनि हिनामिना भएको छैन ।’

समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताए । ‘एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो’, उनले भने ।

हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उनले बताएका छन् ।

पछिल्लो समय फाउन्डेसनले विश्वले चिन्ने गरी नमूना नेपाल निर्माण गर्ने अभियानमा लागेका छन् । ड्रिम प्रोजेक्ट नमूना नेपाल बनाउन धुर्मुस–सुन्तलीले दक्षिणी ललितपुरको लेलेमा जग्गा पाएको छ ।

विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपश्चात नमूना नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेलेस्थित खावा डाँडामा जग्गा फेला परेको सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए ।

Published : Monday, 2018 January 8, 10:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया