कान्तिपुरका मालिक सिरोहियालाई सिध्याउन मुद्दा दायर
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2018/01/Sumargi-Sirohiya.jpg?resize=805%2C361)
काठमाडौं । संचार उद्यमी कैलाश सिरोहिया र व्यवसायी अजय सुमार्गीबीचको लेनदेन विवाद अदालतसम्म पुगेको छ । सुमार्गीले सिरोहियाविरुद्ध मुद्धा दायर गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित काठमाडौं जिल्ला अदालतमा व्यापारी अजयराज सुमार्गी पराजुलीले गाली बेइज्जति मुद्दा दायर गरेका हुन् ।
सुमार्गीका कानूनी सल्लाहकार मोहन पोखरेलका अनुसार २५ करोड माग दावीसहित आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।
यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेका थिए ।
त्यसलगत्तै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।
आर्थिक लेनदेनको मामिलामा सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्धाले ठुलै चर्चा पाएको थियो ।
निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले दाबी गरेका थिए ।
०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मूल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले आरोप लगाएका छन् ।
कुनै बेला सिरोहिया र सुमार्गी व्यावसायिक पार्टनर समेत थिए । लेनदेनमा कुरा नमिलेपछि सिरोहियाले सुमार्गीलाई आफ्नो मिडिया प्रयोग गरेर बदनाम गर्दै आएका छन् । त्यसको जवाफमा सुमार्गी सिरोहियाविरुद्ध अदालत पुगेका छन् ।
सिरोहिया र सुमार्गी दुबैको लगानी ठूलो मात्रामा रहेको छ । यी दुबैले राज्यलाई करोडौँ रुपियाँ कर छलेको आरोप लाग्दै आएको छ । तर, ठूलो संरक्षण पाएका उनीहरू अहिले आएर आफै लड्दै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
यसमा तपाइको मत