लमही नगरपालिकाका दुई कर्मचारी घुससहित पक्राउ

काठमाडौं । दाङको देउखुरीस्थित लमही नगरपालिकाका दुईजना कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

लमही नगरपालिका अन्तर्गत नगर कार्यपालिकाको कार्यालय, दाङको नक्सा फाँटमा कार्यरत सव–ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पचास हजार घुससहित आइतबार पक्राउ गरेको हो ।

‘घर अभिलेखन गर्न नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिइ गएको टोलीले निजहरूलाई घुस रकम वापतको पचास हजार लिइसकेको अवस्थामा निजहरूकै कार्यालय अगाडि पट्टी रहेको होटलबाट आइतबार नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ’, अख्तियारद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2018 January 7, 5:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया