काठमाडौंमा प्रहरीको ठूलो अप्रेशन, खतरनाक गिरोह पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2018/01/Jayabahadur-Chand-AIG.jpg?resize=800%2C365)
काठमाडौं । ब्रिटिश काउन्सिलबाट लिइने अंग्रेजी भाषाको परीक्षाको प्रश्नपत्र आउट गरेको तथा ठगी अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचना र उजुरीका आधारमा काठमाडौं प्रहरीले ठमेल र सुन्धाराका होटल तथा कन्सल्टेन्सी कार्यालयहरूमा छापामारेर १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी रानीपोखरीका एसपी रामदत्त जोशीले जानकारी दिए ।
‘ब्रिटिश काउन्सिलबाट लिइने अंग्रेजी विषयको भाषा परीक्षा टोफल, आइलटस्, स्याट लगायतका परीक्षाको प्रश्नपत्र आउट गरेको तथा धेरै नम्बर ल्याएर उत्तीर्ण गराइदिन्छु भनेर गठी गर्ने १३ जनाको समूहलाई पक्राउ गरेका छौँ’, उनले भने, ‘सो विषयमा अनुसन्धान जारी छ ।’
प्रहरीले पक्राउ परेकाहरूसँग सो विषयमा सोधपुछ र अनुसन्धान जारी राखेकाले नाम भन्न नमिल्ने जनाएको छ । एसपी जोसीले भने, ‘पक्राउ परेकाहरूसँग सोधपुछ र अनुसन्धान भइरहेको छ । नाम भन्न मिल्दैन । उनीहरूले ठगी गरेको प्रारम्भीक अनुसन्धानबाट थाहा भएको छ ।’
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई प्रलोभनमा पारेर कन्सल्टेन्सी, दलाल र ब्रिटिश काउन्सिलसँग साँठगाँठ भएकाहरूले मोटो रकम लिएर ठगी गर्दै आएको यसअघि पनि गुनासाहरू आइसकेका छन् ।
नेपालबाट अध्ययनका लागि अमेरिका, लण्डन, अष्ट्रेलिया, जर्मनलगायतका मुलुकहरूमा सयौँको संख्यामा प्रत्यक वर्ष विद्यार्थी जाने गरेका छन् ।
उनीहरूको अंग्रेजी भाषाको परीक्षा ब्रिटिश काउन्सिलले लिँदै आएको छ । प्रश्न पत्र आउट भएको अभियोगमा यो गिरोह पक्राउ परेपछि ब्रिटिश काउन्सिलको विश्वसनीयतामा ठूलो प्रश्न उठेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत