देउवालाई कुर्सीबाट धकेलेरै बाहिर फाल्छौँ : एमाले

काठमाडौं । एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरूले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कुर्सीमा बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिए ।

उनले भने, ‘प्रदेशको प्रमुखको नियुक्तिमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आइरहेको छ । यसलाई मैले अस्वभाविक मानेको छैन ।’

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, ‘सरकारले नतोकिरहेको एउटा स्थिति छ । प्रदेश प्रमुख र राजधानी नतोक्ने हो भने शेरबहादुर देउवाले सत्ता छाड्नुपर्छ ।’

Published : Saturday, 2018 January 6, 6:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया