एमाले बाधक बनेपछि देउवाले बनाए नयाँ नीति

काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरूको नियुक्ति हुन्छ, हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं, प्रदेशको अस्थायी राजधानी तोक्ने काम हामी गर्दैनौं ।’

प्रदेशको अस्थायी राजधानी तोक्ने बारे सर्वदलीय बैठकमा सल्लाह गर्दा एमाले र माओवादी केन्द्रले सो विषयमा आफूहरूको चासो नभएको भन्दै उम्किने काम गरेको भन्दै मन्त्री विश्वकर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले मात्रै अपजस नलिने बताए ।

‘सह–सचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सूचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ, एमाले, माओवादी केन्द्र, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरू पन्छिनु भयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन् भन्ने हाम्रो निश्कर्ष छ ।’

Published : Saturday, 2018 January 6, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया