यी हुन सक्छन् कांग्रेस संसदीय दलको नेता, देउवा सकारात्मक

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसभित्र आरोप प्रत्यारोप चलिरहेका प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफू निकटका एक नेतालाई अगाडि सार्ने संकेत दिएका छन् ।

देउवाले कांग्रेसको संसदीय दलको नेतामा आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई अघि सार्ने तयारी गरेका हुन् । स्रोतका अनुसार देउवाले आफ्नो भावी उत्तराधिकारीका रुपमा कार्कीलाई अगाडि सार्न लागेका छन् । आफू निकटका नेताहरूको बैठकमा देउवाले कार्कीलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेको एक नेताले बताए ।

वर्तमान सरकारमा अर्थ मन्त्रीको जिम्मेवारी लिइरहेका कार्की प्रतिनिधि सभामा सुनसरी जिल्लाबाट विजयी भएका थिए ।

सभापति देउवाले यो पटक आफू दलको नेता नबन्ने निष्कर्षमा पुगेको एक नेताले बताए । देउवाले आफ्ना विश्वासिला नेता कार्कीलाई नै अघि सार्ने तयारी गरेका छन् । संसदीय दलको नेतामा अर्का नेता प्रकाशमान सिंहको पनि चर्चा छ ।

देउवा पक्षधर नेता बालकृष्ण खाँणलाई तत्काल दलको नेता नदिने मुडमा देउवा पुगेका छन् । कार्कीको पक्षमा वरिष्ठ नेता विजयकुमार गच्छदार उभिएका छन् । उनले देउवालाई कार्कीलाई समर्थन गर्ने ग्रिन सिग्नल दिइसकेका छन् ।

Published : Saturday, 2018 January 6, 9:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया