ओलीका कारण खनालको सपना चकनाचुर

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकतामा पदीय भागबण्डमा मुख्य चुनौती बनेर गएको छ ।

पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा कसलाई अघि सार्ने भन्नेमा विवाद देखिएको हो ।

पछिल्ला दिनमा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना देखाएका छन् । खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि एमाले अध्यक्ष केपी ओली नै लागि परेको एक नेताले बताए ।

ओलीले हालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै अर्को कार्यकालका लागि दोहोर्‍याउनुपर्ने अडान लिएको स्रोतले जनाएको छ । अर्कोतिर माओवादीले नेता रामबहादुर थापालाई राष्ट्रपति बनाउने चाहना राखेको छ । ओली र प्रचण्डको आ–आफ्नै योजनाका कारण पदीय भागबण्डा जटिल बन्दै गएको हो ।

ओलीको चाहना भण्डारीलाई नै दोहोर्‍याउने भएपछि अरु विकल्प फिका बन्दै गएका छन् । जसका कारण वरिष्ठ नेता खनालको राष्ट्रपति बन्ने चाहना पनि विफल हुने देखिएको छ ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले भने खनाललाई नै राष्ट्रपति बनाउने चाहना राखेको छ ।

Published : Saturday, 2018 January 6, 9:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया