एमाले समर्थक व्यापारी पौडेलको गोली हानी हत्या

बुटवल । रुपन्देही जिल्लाको देवदह नगरपालिकामा अज्ञात समूहले हानेको गोली लागेर एकजना व्यापारीको हत्या भएको छ ।

मोटरसाईकलमा आएको अज्ञात समूहले शुक्रबार बिहान ‘बलु’ भन्ने बसन्त पौडेललाई गोली होनर भागेको इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

४० वर्षीय पौडेलको देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा खेतमा लखेटी–लखेटी गोली हानेर हत्या गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

बलु एमाले रुपन्देहीका नेता नीलकण्ठ पौडेलका छोरा हुन् । उनले काठको व्यवसाय गर्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा देवदहकै गुण्डानाइके मनोज पुनको समूहले पौडेलको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

भारतमा लुक्दै आएका पुनको समूहले गतवर्ष सोही ठाउँमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो ।

असोज २३ गते काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि सोही समूहको संलग्नता रहेको अनुसन्धानमा खुल्न आएको थियो ।

गौचन हत्याकाण्डमा गुण्डानाइके समीरमान बस्नेतसहित केही अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेका छन् ।

Published : Friday, 2018 January 5, 12:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया