कसका पत्नी हुन् यी ? भरतपुरमा रङ्गेहात पक्राउ

भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही महिला र पुरुषहरू विवाहित छन् ।

भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा ६ जोडी युवा–युवतीलाई होटल कोठाबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे होटेलमा छापामारेर शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा वर्ष १८ देखि ४० वर्षसम्मका रहेका छन् । प्रहरीले पक्राउ गरेकाहरूमा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९ का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी रहेका छन् ।

उनीहरूको साथमा रहेकी डुम्रे–१ तनहुँकी रानी आले (नाम परिवर्तन) भरतपुर–८ की सुविना मगर (नाम परिवर्तन), रानी माया लामा (नाम परिवर्तन) रम्भादेवी कंडेल (नाम परिवर्तन) भरतपुर–६ रेविका तामाङ (नाम परिवर्तन) रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

होटल मालिक सुरेन्द्र अधिकारीलाई समेत केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको चितवनका नायव उपरीक्षक शिव आचार्यले जानकारी दिए ।

भरतपुर महानगरपालिकाभित्र यौन व्यवसाय फस्टाएको र त्यसलाई प्रहरीले नै संरक्षण दिएको आरोप लाग्र्दै आएको छ ।

Published : Friday, 2018 January 5, 8:54 am

1 प्रतिकृया प्राप्त “कसका पत्नी हुन् यी ? भरतपुरमा रङ्गेहात पक्राउ”

  • समाचार दिनु नै हो भने नाम किन परिवर्तन गर्नुहुन्छ ।तपाईं ले परिबर्तन गरेको नाम अन्य कोही महिला सङ्ग मिल्न गएमा समस्या पर्दैन र ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया