भरतपुरको यति ठूलो ‘काण्ड’ किन लुकायो प्रहरीले ?

भरतपुर । नेकपा (एमाले)का जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलको घरमा अपरिचित समूहले आक्रमण गरेको छ ।

पुस गते १८ गते बिहान अपरिचित समूहले पोखरेलको घरमा आक्रमण गरेको हो । घटनाका बारेमा ढिलो गरेर सूचना बाहिर आएको छ । प्रहरीले यो घटनालाई लुकाउन खोजेको एमालेका एकजना नेताले आरोप लगाएका छन् ।

आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एउटा झ्याल र पहिलो तलाका झ्यालका सिसा फुटेका छन् । सो घटनाका बारेमा चितवन प्रहरीले सूचना दिन मानेको छैन ।

बिहान करिव एक बजेर ४० मिनेट जाँदा पोख्रेलको घरमा ३ वटा मोटरसाईकलमा आएका नचिनेका युवाहरूको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनको स्रोतले जनाएको छ ।

पोख्रेलको भरतपुर १० रमाइलोचोकस्थित घरमा आक्रमण गर्ने त्यही समूहले भरतपुर– १२ वाइपास रोडमा पर्ने विशाल चोकमा एउटा बोलेरो भ्यानमा समेत तोडफोड गरेको छ ।

स्रोतले दिएको जानकारी अनुसार ना १ ज ६६७७ नं. को उक्त भ्यानलाई रोकी सो समूहले अगाडिको सिसामा ढुंगाले हानी सिसा फोडिदिएको छ । बोलेरोका चालक आशिष घलानले थप घटना हुनेदेखेपछि गाडी हुईक्याएर ज्यान बचाएको बताएका छन् ।

चालकलाई उद्धित गर्दै प्रहरी स्रोतले भन्यो, ‘२ वटा साधार मोटरबाईक र एउटा बुलेट बइकमा सवार त्यो समूहले थप आक्रमण गर्ने देखिपछि बोलेरो जिपका चालकले गाडी भगाएका रहेछन् ।’

पछिल्लो समय चितवनमा गुण्डागर्दीको घटना बढे पनि घटनालाई कानूनको दायरामा ल्याउन नसकेको आरोप प्रहरीलाई लाग्न थालेको छ । भरतपुर महानगरपालिकाभित्रको सुरक्षा व्यवस्थालाई लिएर स्थानीयले चिन्ता जनाउन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यानमार्ने उद्योग, गुण्डागर्दी र यस्तै जघन्य अपराधमा संलग्नहरूलाई मिलापत्रको नाममा चितवन प्रहरीले उन्मुक्ति दिइएको कारण गुण्डागर्दी बढ्दै गएको स्थानीयको आरोप छ ।

चितवन प्रहरी प्रमुख दीपक थापाको कार्यशैलीको कारण पछिल्लो समय चितवनमा गुण्डागर्दी, वेश्यावृत्ती र जुवा खेलाउने कार्य मौलाउँदै गएको आरोपसहितका समाचार स्थानीय सञ्चारमाध्यमहरूले बारम्बार प्रकाशित गर्दै आएका छन् । तर, शान्ति सुरक्षा बनाउने विषयमा प्रहरी प्रमुख थापाले ध्यान नदिएको आरोप छ ।

हुन त चितवनका प्रहरी प्रमुख थापाले नै चोरीका गाडी तस्कर गर्दै आएका तथा प्रहरीको मोष्ट वान्टेडमा रहेका फडिन्द्र भण्डारीलाई नै संरक्षणमा राखेको जिल्ला प्रहरी कार्यालयका एकजना जुनियर प्रहरी अधिकृतले नै बताएका छन् ।

स्मरण रहोस् स–साना दुर्घटना र घटनाको समेत प्रेस रिलिज पठाउने चितवन प्रहरीले एमालेका जिल्ला अध्यक्ष एवम् नवनिर्वाचित सांसद पोखरेलको घरमा भएको तोडफोडको घटनालाई हालसम्म गुपचुप राखेको छ ।

पोखरेलको घरमा भएको तोडफोडको घटनालाई प्रहरीले किन लुकाएको हो भनेर एमालेका स्थानीय नेता तथा कार्यकताहरूले चासो चिन्ता जनाएका छन् ।

Published : Friday, 2018 January 5, 8:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया