नायिका साम्राज्ञीको आवेदन अस्वीकृत
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2018/01/Samragyee-Rajya-Laxmi-Shah-.jpg?resize=800%2C375)
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले दोस्रो पटक भिसा दिन इन्कार गरेको छ । पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’को सुटिङका लागि भिसा आवेदन दिएकी साम्राज्ञीलाई बेलायती राजदूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
दोस्रो पटक पनि यसै फिल्मको सुटिङका लागि भारतस्थित दूतावासमा पुगेर आवेदन दिएकी उनको भिसा आवेदन फेरि पनि अस्वीकृत भएको छ । आवेदनमा भिजिट भिसा हुनु पर्नेमा ओर्किङ भिसा भएका कारण रद्द भएको बताइएको छ ।
साम्राज्ञी बेलायत उड्न नपाउँदा फिल्म युनिट भने तनावमा परेको छ । करिव ६ महिना अगाडि नै आधा फिल्मको सुटिङ नेपालमै भैसके पनि बेलायतका दृश्य भने साम्राज्ञीकै कारण कैद हुन नसकेको फिल्म युनिटले जनाएको छ । फिल्मका नायक धिरेन मगर र निर्देशक रेनशा वान्तवा भने बेलायतमै रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत