पार्टी एकता र सरकारबारे प्रचण्डको कुटनीतिक जवाफ

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमा भन्दा सुशासन र देशको समृद्धि र राष्ट्रिय एकतामा ध्यान दिएको दाबी गरेका छन् ।
बिहीबार चितवन आइपुगेका अध्यक्ष प्रचण्डले प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हामीले पटकपटक भनेका छौँ, अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन् सुशासन र देशको समृद्धिमा ध्यान छ, राष्ट्रिय एकतामा ध्यान छ ।’
गृह जिल्ला चितवनमा ३ दिनका लागि विभिन्न कार्यक्रममा सहभागी हुन आइपुगेका प्रचण्डले पदको विषयमा विवाद छ नि भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै भने, ‘पदको विषय विवादको रुपमा आएको छैन्, पार्टी एकता समायोजन समितिले दुई पार्टीका अध्यक्षका दुई वटा नेता भनेर पहिलो नै स्पष्ट पारेको छ ।’
दुई वटै नेतालाई समुचित भूमिका दिने कुरामा कुनै विमती र विवाद नभएका दावी गर्दै उनले वाम गठबन्धनको एकताको विषयमा कोही कसैले पत्रपत्रिका र मिडियामा बोल्न जरुरी नरेहेको बताए ।
प्रचण्डले भने, ‘पार्टी एकता बारेमा कोही कसैले पत्रपत्रिका मिडियामा बोल्न जरुरी छैन् । लिडरसिप लेभलमा गम्भीर छलफल भएको छ, फिफ्टीरफिफ्टीका कुरा अथवा यो रहन्छ वा त्यो रहँदैन् भन्ने कुरा गलत हुन् ।’
उनले प्रदेश राजधानी र प्रदेश प्रमुख सरकारले तोक्ने गरी पाँच पार्टीको बैठकले सहमति दिएको स्पष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत