दीपिकासँग सहायक रथीको यस्तो चर्तिकला
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2018/01/Ramesh-Bista.jpg?resize=500%2C334)
काठमाडौं, २० पुस । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली सेनाका बहालवाला सहायक रथी रमेश विष्टलाई सेनाले कारबाही गरेको छ ।
बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।
विष्टलाई सेनाले पक्राउ गरी कोर्ट मार्सल शुरू गरेको छ । विष्टलाई उपत्यका पृतना नारायणहिटीमा राखेर अनुसन्धान शुरु गरिएको सैनिक स्रोतले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए ।
काठमाडौं नेपाली सेनाका सहायक रथीको संलग्नतामा कृषि विकास बैंकमा ठगी भएको रहस्य खुलेको हो । बैंकमा ठगी भएको रकम सहायक रथी रमेश विष्टको खातामा जम्मा भएको देखिएपछि उनी पनि शंकाको घेरामा परेका छन् । विष्ट वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा कार्यरत छन् ।
बैंकको कर्मचारीमो मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट भएको ठगीको रकममध्ये करिब ७० लाख रुपैयाँ विष्टको खातामा भेटिएको हो ।
बैंकको मौज्दात रकम करिब चार करोड ९१ लाख रुपैयाँ हिनामिना गर्न संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित तीन जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरि– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत