एमालेले देखायो दोहोरो चरित्र, अब देउवाले नपर्खिने

काठमाडौं । केही दिनअघि एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने घोषणा गरे । ओलीको घोषणापछि सरकारले आजसम्म प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन् ।

यो बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटी दलहरूको सहमतिमै प्रदेश प्रमुख नियुक्त गर्न दवाव दिएका थिए ।

ओलीको सपथ नखाने चेतावनी र ‘प्रचण्ड’को सहमतिमै नियुक्त गर्नुपर्ने दवावपछि प्रधानमन्त्री देउवाले यो विषयमा सहमति खोज्न बिहीबार बिहान सर्वदलीय बैठक बोलाए ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले प्रदेख प्रमुखको नियुक्ति र राजधानी तोक्ने विषयमा एमाले र माओवादी नेताहरूसँग सुझाव मागे । तर, एमाले नेताहरूले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भन्दै कुनै सुझाव दिएनन् । सहमतिमै नियुक्ति गरौं भन्ने माओवादी अध्यक्ष ‘प्रचण्ड’पनि केही बोलेनन् ।

यसरी बैठकमा एमालेले दोहोरो चरित्र देखाएको छ । पहिला नियुक्त गरे सपथ नखाने धम्की दिने र नियुक्तिका सुझाव तथा सहमति माग्दा सरकारको काम भन्दै पन्छिनु एमालेको दोहोरो चरित्रको पराकाष्टा रहेको कांग्रेस नेताहरूको आरोप छ ।

प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने विषयमा एमाले र बाम गठबन्धनका नेताहरूले दोहोरो चरित्र देखाएपछि प्रधानमन्त्री देउवाले अब आफै निर्णय लिने भएका छन् ।

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा बाम गठबन्धनका नेताहरूले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैं गृहकार्य गरी त्यसबारे निर्णय गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘वाम गठबन्धनका साथीहरूले यो सरकारले नियुक्ति गरे पहिला सपथ नलिने भन्नुभयो । अहिले सुझाव माग्दा पनि सरकारको काम हो भने । अब सरकार आफै निर्णय गर्छ’, बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले भने ।

Published : Thursday, 2018 January 4, 4:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया