दाङ राजधानी हुन नदिन कांग्रेस–एमालेद्वारा आन्दोलन घोषणा

बुवटल । सरकारले प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउने चर्चा चलेसंगै बुटबलमा आन्दोलनको कार्यक्रम सुरु भएको छ ।

बुधबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको वताएका छन् ।

कांग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए । कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने बताए ।

कांग्रेसले आन्दोलनको सांकेतिक स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ ।

यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले चेताबनी दिए ।

एमालेले पनि दबाब मूलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघसंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाव याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।

एमाले निकट अनेरास्ववियु आन्दोलनको सुरु गरेका छ अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो ।

प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानरसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन ।

मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए ।

Published : Thursday, 2018 January 4, 10:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया