प्रदेशमा यी हुन् कांग्रेसका भाग्यमानि सांसद

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ ।

प्रदेश १ देखि ७ सम्मबाट कांग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको छ । जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा कांग्रेसले पठाएको छ । ७२ जनामा ३७ जना महिलालाई कांग्रेसले प्रदेशमा पठाएको छ ।

नाम टुङगो लगाउन नेताहरूबीच लामो छलफल र परामर्श भएको थियो । यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो ।

लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा कांग्रेसले आफ्नो नाम पठाउन सकेको हो । अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए ।

शुक्रवार आयोगलाई नाम बुझाएपछि आयोगले यसअघी पठाएको प्राथमिकताको क्रमसँग जुधाएर हेर्नेछ । त्यसपछि मात्र ३ दिनपछि नाम आयोगले सार्वजनिक गर्नेछ ।

आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ । यस ३ दिनभित्र दलहरूले नाम मिलाउन समेत सक्नेछन् ।

प्रदेश १

प्रतापप्रकाश हाङमाङ

विद्यानन्द चौधरी

चन्द्रप्रसाद श्रेष्ठ

लीला सुब्बा

ज्योति सुब्बा

शरदचन्द्र थापा

लोकप्रसाद संग्रौला

सीतादेवी पौडेल

विन्दिया कार्की

नवोदिताकुमारी चौधरी

टेकचन्द्र विश्वास

ओम सरावगी

अनिताकुमारी साबू

प्रदेश नम्बर २

शिवचन्द्र चौधरी

ओमप्रकाश शर्मा

सरस्वती चौधरी

गीताकुमारी यादव

मन्जुकुमारी यादव

असियादेवी थरुनी

प्रमिलादेवी दास

श्यामपरी देवी

नरेशकुमार यादव

शेखररसिद अली

सल्मा खातुन

प्रदेश नम्बर ३

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ

न्हुच्छेनारायण श्रेष्ठ

शान्तबहादुर प्रजा

राधा घले

जीवन डंगोल

विजया श्रेष्ठ

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भीमसेन खत्री

गीता वाग्ले

बिजुला बर्मा

कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ

ललितकला गुरुङ

सरिता गुरुङ

मनकुमारी गुरुङ

मणिभद्र शर्मा कँडेल

ओमकला गौतम

कुमार खड्का

दोबाटे विश्वकर्मा

कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल

निर्मला क्षेत्री

रमा अर्याल

वीरबहादुर राना

भुवनेश्वर चौधरी

पुष्पा थरुनी

माला गोतामे सुनार

रुन्धावती दुवे

अर्जुनकुमार श्रेष्ठ

रिना विक

सूर्यमति उपाध्याय

मो. याकुल अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी

हिमबहादुर शाही

अमृता शाही

दीनबन्धु श्रेष्ठ

झोवा विक

प्रदेश ७

गोविन्द बोहोरा

देवराज पाठक

दिव्यश्वरी शाह

अम्बिकुमारी थापा

उमा वादी

श्यामला राना

कुमारीनन्द बम

टेकबहादुर रैका

Published : Sunday, 2017 December 31, 8:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया