मोहन विक्रम सिंहकी जेठीले ‘सौता’ भेटेपछि…

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर मोहनविक्रम सिंहका दुई श्रीमतीबीच शनिबार देखिएको दृश्यले केही अनौठो भएको छ ।

मोहन विक्रम सिंहका दुई पन्ती सार्वजनिक समारोह वा अन्य कुनै पनि काममा सँगै देखिदैनन् । त्यति मात्रै होइन मोहन विक्रम सिंह कान्छी पत्नीसँग अलग बस्दै आएका छन् । जेठी पत्नी शान्ता छोराछोरीसँग बस्छिन् । काठमाडौंमा शनिबार उनीहरूसँग देखिए ।

जेठी र कान्छी श्रीमतीबीच हात हालाहाल र कुटाकुट हुने हाम्रो समाजमा मोहनविक्रम सिंहकी जेठी श्रीमती शान्ता सिंहले प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी दुर्गा पौडेललाई बधाई दिएकी छन् ।

राष्ट्रिय जनमोर्चाको काठमाडौं क्षेत्र नं. ५, ६ र ७ को आयोजनामा शनिबार बालाजु बाइसधारामा आयोजित पिकनिक कार्यक्रममा शान्ता सिंहले दुर्गालाई बधाई दिएकी हुन् ।

कान्छी पत्नी दुर्गाले शान्तासँग पहिलेदेखि नै भेटघाट, कुराकानी, घरायशी सल्लाह सबै हुने गरेको बताएकी छिन् । दुर्गाले भनिन्, ‘शान्तासँग निर्वाचनपछि पहिलो पटक भेट भएको हो ।’

बधाई, चुनावको समीक्षा र पिकनिक एकसाथ आयोजना गरिएको सो कार्यक्रममा दुर्गाले प्यूठानी जनताले ठूलो भरोसा र विश्वास गरेर आफूलाई जिताएको बताइन् ।

Published : Sunday, 2017 December 31, 8:03 am

1 प्रतिकृया प्राप्त “मोहन विक्रम सिंहकी जेठीले ‘सौता’ भेटेपछि…”

  • अति महत्वपूर्ण अवसर हो, हाम्रो समाज मा प्रचलित रहदै आएको बहु बिवाह लाई एउटै दृष्टि ले देख्नु कदापि न्यायोचित हुदैन, विद्यमान धार्मिक सामाजिक र राजनैतिक अधिकार हरु उपयोग को दौरान मा समानता भए पनि व्यवहार अलग अलग हुने गरेको हाम्रो सामाजिक परम्परा लाई धमिल्याउने प्रयत्न गर्नु राम्रो पक्ष होइन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया