पार्टी एकीकरणविरुद्ध माओवादीमा विद्रोह, प्रभावशाली नेताले पार्टी छाडे

काठमाडौं । बाम गठबन्धनको निर्णय र प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका नेकपा (माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य विश्वभक्त दुलाल ‘आहूति’ले एमालेसँगको एकीकरण गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टी छोडेको घोषणा गरेका छन् ।

आहूतिले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेता नभएको बताएका छन् । उनले एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने उल्लेख गरेका छन् ।

एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ छ । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने आहुतीले बताएको स्रोतले जनाएको छ ।

एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनले बताएको एक नेताले बताए ।

एमाले र माओवादी केन्द्रबीच सरकार गठन र त्यसपछि पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादीका सो प्रक्रियाको विरोध गर्दै पोलिट व्युरो सदस्य आहुतीले गरेको निर्णयले ठूलो आशंका उत्पन्न गरिदिएको छ ।

Published : Monday, 2017 December 25, 8:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया