बैठकभित्रै देउवा-पौडेल समूहबीच हातहालाहाल, तीन जना घाइते

स्याङ्जा । कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

सभापति देउवा पक्षका कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएको कांग्रेसका स्थानीय सुशील काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरूमा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले रहेका छन् । कांग्रेसको क्षेत्र भनेर चिनिने स्याङजामा चुनावी नतिजा राम्रो हुन नसकेपछि एक अर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल भएको उनले बताए ।

घाइते हुने भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको बताइएको छ ।

क्षेत्र नम्बर एकमा १० हजार मतले कांग्रेस पराजित भएको थियो भने क्षेत्र नम्बर दुईमा ३७ सय मतले उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पराजय भोगेका थिए ।

बैठकमा तान्त्रिक पक्षले संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहयोग नगरेको आरोपमा यो घटना घटेको घाइते काफ्लेले जानकारी दिए ।

Published : Monday, 2017 December 25, 7:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया