कांग्रेस सुधार गर्न सभापतिसँग कुरा गरेको छुः सिंह
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/12/Prakashman-Singh-Congress-k.jpg?resize=800%2C371)
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई सुधार आवश्यक रहेको धेरै गुनासा र सुझावहरू आएको बताएका छन् ।
काठमाडौं क्षेत्र नं. १ मा सोमबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसलाई सुधार गरेर जानुपर्ने बताए । ‘कांग्रेसका शुभेच्छुकहरूले पार्टीलाई सुधारको आवश्यक्ता छ भनेर सुझाव दिएका छन्’, उनले भने, ‘कांग्रेस सुधारका लागि पहल गर्नेछु । त्यसका लागि सभापति शेरबहादुर देउवालाई दवाव दिन्छु ।’
पार्टीको विधानअनुसार कांग्रेसमा सुधार गर्ने भनेर आफू लागिसकेको बताएका नेता सिंहले भने, ‘कांग्रेसलाई समानुपातिकमा आएको भोटले पनि कांग्रेसप्रतिको मोह घटेको छैन ।’
निर्वाचन प्रचारका क्रममा जिउँदो कांग्रेसलाई नेताहरूले मृत्त बनाएको आरोप लागेको उनले बताए । ‘मलाई निर्वाचनका बेला सबैले कांग्रेस मृत्त भएको भनेर प्रश्न गरे । उहाँहरूले कांग्रेसमा आमूल सुधार आवश्यक छ भन्नुभएको छ । मैले त्यस विषयमा सभापति शेरबहादुर देउवाज्यूलाई भनेको छ’, नेता सिंहले भने ।
कांग्रेसले आफूले गरेको प्रचार प्रसारलाई खासै ध्यान नदिएका कारण मतदाताहरू अल्मलिएको उनको भनाइ थियो ।
‘कांग्रेस र कांग्रेसका नेताहरूले धेरै काम गरेका छन् । तर, प्रब्लिसिटी गरेका छैनन् । अहिलेको निर्वाचनले आफूले गरेको सानो कामको पनि पब्लिसिटी आवश्यक रहेछ भनेर देखाएको छ’, कांग्रेस नेता सिंहले भने, ‘विकासका लागि नेताको मात्रै मुख ताक्ने होइन । मतदाताहरूले पनि दवाव दिइरहनुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत