बंगलादेशमा नेपाली युवती मृत्त फेला

काठमाडौं । बंगलादेशको ढाकामा डेन्टल चिकित्सा अध्ययन गर्न गएकी नेपाली विद्यार्थी मृत्त फेला परेकी छिन् ।

जनकपुरकी निवासी २० वर्षीया विनिशा साह होस्टेलको कोठाभित्र मृत्त अवस्थामा फेला परेकी हुन् ।

ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा उनी अध्ययनरत थिइन् ।

विनिशा साह सो कलेजमा २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत थिइन् । साहको शव सिलिङको फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

Published : Monday, 2017 December 25, 7:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया