नवराज सिलवाललाई संकटले घेर्‍यो, एमालेले उन्मुक्ति देला ?

काठमाडौं । पूर्व डीआइजी तथा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ ।

गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो । परिसरका एसएसपी रवीन्द्र धानुकले कीर्ते अनुसन्धानमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र महान्यायाधिवक्तासँगको छलफल तथा परामर्शपछि अनुसन्धान अगाडि बढाएका हुन् । परिसरले छुट्टै प्रहरी टोली बनाएर अनुसन्धान अगाडि बढाएको छ ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

काठमाडौं परिसरले अनुसन्धानको लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित निकायमा अनुसन्धानको लागि आवश्यक कागजपत्र उपलव्ध गराउने माग गर्दै पत्र समेत पठाइ सकेको प्रहरी स्रोतले जनानकारी दिएको छ । स्रोतले भन्यो, ‘अनुसन्धानका लागि आवश्यक काजगपत्र उपलव्ध गराउन सम्बन्धित निकायलाई पत्रचार भइसकेको छ ।’

कागजपत्र उपलव्ध भएपछि सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकन फारमलाई ‘ल्याब टेस्ट’ का लागि विधि विज्ञान प्रयोगशाला पठाउने प्रहरीले जनाएको छ ।

अदालतको पूर्ण पाठमा नवराज सिलवालले नै अनुचित माध्यसमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएकोु उल्लेख छ ।

डिआइजी सिलवालले भने आफुले बुझाएको कासमु फाइल अनलाइनमा आएको समचारको आधारमा बुझाएको भन्दै आएका छन् । प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ ।

कीर्ते काण्डबाट जोगिन एमालेमा प्रवेश गरेर प्रतिनिधि सभामा विजयी भएका सिलवाललाई सर्वोच्च अदालतको आदेशले ठूलो संकट आएको छ । उनलाई एमालेले बचाउँछ कि बचाउँदैन अब हेर्न बाँकी रहेको छ ।

Published : Sunday, 2017 December 24, 6:22 pm

1 प्रतिकृया प्राप्त “नवराज सिलवाललाई संकटले घेर्‍यो, एमालेले उन्मुक्ति देला ?”

  • Navraj silwal lai uml le bachaunu parxa Ani uml sachcha kanunko paharedar kahlauxa, lokdarsan regmilai kunae pani subidha napaune gari barkhast garnu parxa Hain vane hamilai jimmadeu Lok Lai yamlok puryaune Kam hamri vayo. Silwal is good bt not cheating. Silwal voli gayar rajyako kunai parmukh vayma hamro jagir dharap hunxa vanne lager ho yasto jalsajh gareko, regmi, aryal upen, p aryal, gopal regmi n deuwa are bed character men. Ok

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया