एमालेका पौडेललाई महराको ‘काउन्टर’, शीर्ष नेताहरूको साथ कसलाई ?

घोराही । माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री कृष्णबहादुर महराले कुनै पनि हालतमा दाङ ५ नं. प्रदेशको राजधानी हुने बताएका छन् ।

घोराहीमा आइतबार आयोजित कार्यक्रममा महराले भने, ‘दाङलाई प्रदेश राजधानी बनाउने सवालमा मैले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरिसकेको छु । तपाई निश्चिन्त हुनुहोस् दाङ नै राधानी हुन्छ’, महराले भने ।

महराले दाङ राजधानी हुने कुरामा कुनै शंका नगर्न मतदातालाई आश्वास्त पारेका छन् । अहिलेसम्म आफूले राजनीतिमा कहिलै हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने महराको दाबी थियो ।

उनले भौगोलिक स्थिति, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदूरीका हिसाबले दाङ ५ नं प्रदेशको राजधानी हुन उपर्युक्त रहेको बताए ।

बुटवललाई मुलुककै पर्यटकीय सहर र नेपालगञ्जलाई औद्योगिक सहरको रूपमा विकास गर्ने योजना महराले त्यस क्रमा प्रस्तुत गरेका थिए ।

एमालेका उपमहासचिव विष्णु पौडेलले रुपन्देहीलाई ५ नं. प्रदेशको राजधानी बनाउने भनेर अभिव्यक्ति दिइरहेका बेला महराले दाङ नै प्रदेशको राजधानी बन्ने बताएका हुन् ।

Published : Sunday, 2017 December 24, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया