एउटै व्यक्ति अध्यक्ष र प्रधानमन्त्री हुन सक्दैनः महरा

घोराही । माओवादी केन्द्रका नेता एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्वमा एउटै व्यक्ति नहुने बताएका छन् ।

आइतबार बिहान दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ मा महराले सरकार र पार्टीको नेतृत्व फरक–फरक व्यक्तिले गर्ने बताएका हुन् ।

महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘सम्मानजनक रूपमा पार्टी एकता हुनेछ र त्यो एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरक–फरक व्यक्तिले गर्नुपर्छ’, महराले भने ।

समाजवादी क्रान्ति पूरा गर्नका लागि पार्टी एकता गर्न लागेको बताएका उनले एकता सम्मानजनक रूपमा हुनुपर्ने बताए । ‘पार्टी एकतापछि एमालेले माओवादी निल्छ र माओवादीले एमाले निल्छ भन्नु भन्दा एकतापछि एमाले र माओवादी दुवै पार्टी रहँदैनन्’, महराले भने ।

दुवैपार्टी एक अर्कामा विलय भएर नयाँ पार्टी निर्माण हुने उनको धारणा थियो । पार्टी एकताको प्रक्रिया सुरू भइसकेको भन्दै उनले सरकार गठन र पार्टी एकता सँगसँगै र सम्मान जनक रूपमा हुनुपर्ने जोड दिएका थिए ।

 

Published : Sunday, 2017 December 24, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया