गायिका विन्दुले ल्याइन लोक पप आधुनिक गीत

काठमाडौं । गायिका विन्दु परियारको स्वरमा नयाँ पप आधुनिक गीत ‘लाउने ले नजर…’ बोलको भिडियो रिलिज भएको छ । आफ्ना अघिल्ला गीतहरूभन्दा फरक शैलीमा विन्दुले गीत गाएकी छिन् ।

‘यो आधुनिक गीत मेरा अघिल्ला गीतहरूभन्दा केही फरक शैलीमा छ’, गीतका बारेमा प्रस्ट्याउँदै गायिका विन्दुले भनिन्, ‘राम्रो रेस्पोन्स आइरहेको छ ।’ आधुनिक गीत भए पनि नृत्य गर्न र स्टेज कार्यक्रमका लागि पनि उपयुक्त हुन सक्ने उनको बुझाइ छ ।

‘लाउने ले नजर’ बोलको यो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् । भीमफेदी गाइजको निर्देशनमा बनेको भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानबाट रिलिज गरिएको छ ।

गीतका शब्द एकनारायण भण्डारीले लेखेका हुन् । संगीत आशिष अविरलले दिएका छन् ।

गायिका विन्दुले पप आधुनिक शैलीको यो गीतबाट दर्शक स्रोताहरूको मन जित्ने प्रयास गरेको समेत बताएकी छिन् । उनले भनिन्, ‘नयाँ गीतबाट उत्साहित भएकी छु । अहिलेसम्म राम्रो भएको छ ।’

भिडियो

https://www.youtube.com/watch?v=wnRu5kcVV7s&feature=share

Published : Sunday, 2017 December 24, 7:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया