एमाले निकट ‘गुण्डा’ जोगाउँदै चितवनका एसपी थापा, गाडी तस्करसँग कनेक्सन

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले पत्रकारलाई समाचार दिएको आशंकामा भरतपुरका एक स्थानीयलाई खोरमा पुर्‍याएका छन् ।

पत्रकारहरूले चितवनको शान्ति सुरक्षा र स्थानीयहरूको चिन्तालाई लिएर समाचार लेखेपछि आत्तिएका एसपी थापाले भरतपुरका सुरेश जोशीलाई पक्राउ गरेका हुन् । एसपी थापाको संरक्षणमा भरतपुरस्थिा ‘फाल्सा’ रेष्टरेण्टमा एमाले निकटका गुन्डाहरूले तोडफोड गरेको समाचार आएको थियो ।

सो समाचार पत्रकारहरूलाई दिएको आरोपमा एसपी थापाले सरेश जोशीलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार एसपी थापालाई सुरेश जोशीले पत्रकारलाई समाचार दिएको भनेर चोरीका गाडीका पाटपुर्जा बिक्री गर्ने तस्कर फडिन्द्र भण्डारीले दिएका थिए । त्यसपछि एसपी थापाले सरेश जोशीलाई पक्राउ गरेका हुन् ।

चोरीका गाडी सस्तोमा किनेर त्यसका पाटपुर्जा बिक्री गर्ने कार्यमा संलग्न रहेका फडिन्द्र भण्डारी र एसपी थापाबीच पछिल्लो समय हिमचिम बढेको छ । तस्करीका गाडीहरू बिक्री गरेको आएको कमिशन फडिन्द्र भण्डारीले एसपी थापासम्म पुर्‍याउने गरेको आरोप छ । यस विषयमा चितवनका पत्रकारहरूले बेलाबेला समाचार लेख्दै आएका छन् ।

बिहीबार राति भरतपुरमा रहेको ‘फाल्सा’ रेष्टुरेण्टमा तोडफोड भएको थियो । प्रहरी स्रोतका अनुसार एमाले निकट राहुल सिंहको समूहले सो रेष्टुरेण्टमा तोडफोड गरेको हो । रेष्टुरेण्ट अनुशा पाठकले सञ्चालन गर्दै आएका छन् । एमाले निकट गुण्डाहरूको आक्रमणबाट रेष्टुरेण्टमा सामान्य क्षति भएको थियो ।

रेष्टरेण्टमा तोडफोड गर्ने एमाले निकटका गुण्डाहरूलाई पक्राउ गर्नुको साटो प्रहरी प्रमुख एसपी थापाले सरेश जोशीलाई पक्राउ गरेर के गर्न खोजेका हुन् भनेर आश्चर्य व्यक्त गरेका छन् ।

एजुकेशन कन्सल्टेन्सी संचालक समेत रहेका राहुल सिंहले फ्रान्स पठाउने भन्दै भरतपुरकै राकेशमान श्रेष्ठसँग १२ लाख रकम लिएका थिए । बिदेश पठाउन नसकेपछि श्रेष्ठले पैसा फिर्ता माग्दा उल्टै प्रहरी लगाएर राहुलले फसाइदिने धम्की दिने गरेका छन् ।

राहुल सिंहले गुण्डागर्दी गरेर धम्क्याउनका लागि ‘कमिला’ समूहका पुराना गुण्डा नाइके कुमार गुरुङ ‘भड्डु’लाई लिएर हिँड्ने गरेको भरतपुरका पीडितहरू बताउँछन् ।

Published : Saturday, 2017 December 23, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया