कालीकोटमा म्यादीले देखाए ‘पावर’, झडप हुँदा एकको मृत्यु

कालीकोट । कालीकोट जिल्लामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

म्यादी प्रहरीले तलव कटाइएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।

प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआउदा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको छ । उनी म्यादी हुन या त अरु भन्ने बुझिएको छैन ।

एक जनाको मृत्यु भएको खबर आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । गोली लागेपछि ऐडीलाई जिल्ला अस्पताल पु¥याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो ।

कार्कीका अनुसार म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट अन्दाधुन्धा गोली प्रहार भएको थियो ।

Published : Friday, 2017 December 22, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया